धादिङ बोर्डिङ ट्यालेन्ट सो सम्पन्न

Avatar photo
Dhadingpost
भदौ २२, २०७५

सञ्जय देवकोटा, भाद्र २२ । धादिङ बोर्डिङ स्कुलले आज विद्यार्थीहरुका अन्तरमनमा लुकेर रहेका प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यका साथ ट्यालेन्ट सो २०७५ को आयोजना गरेको छ ।

कार्यक्रममा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुले आफूसँग भएको कला प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत नृत्य, नाटक, भाषण, क्यारिकेचर आदि प्रस्तुत गरेका थिए ।

विद्यालयको अतिरिक्त कृयाकलाप अन्तरगतको उक्त कार्यक्रम करिब १५० भन्दा बढी विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाएका थिए । विद्यालयका प्रधानाध्यापक हरि लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शैक्षिक क्षेत्रमा जिल्लाकै उत्कृट स्थान बनाउन सफल धादिङ बोडिङले जिल्लामा हुने हरेक प्रतियोगितामा अग्र स्थानमा आफूलाई प्रस्तुत गरिराखेको छ ।

विद्यार्थीलाई किताबी ज्ञानसँगै उनीहरुभित्र लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउनको लागि यस्तो खाले कार्यक्रमले महत्त्वपूर्ण सहयोग पु¥याउने विद्यालयका प्रधानाध्यापक हरि लम्सालले बताउनु भयो ।