उत्तर र दक्षिण कोरियाबीच सेप्टेम्बरमा शिखर वार्ता हुने

Avatar photo
Dhadingpost
भदौ २१, २०७५

एजेन्सी, भदौ २१ । उत्तर कोरिया र दक्षिण कोरियाबीच १८ देखि २० सेप्टेम्बरसम्म पियोङग्याङमा शिखर वार्ता हुने बताएका छन् ।

वार्तामा कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने सम्बन्धमा व्यवहारिक उपायहरुमाथि छलफल हुने बताइएको छ ।

उत्तर कोरियाली शासक किम जोङ उनले पूर्ण निशस्त्रीकरणको आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याएका छन् । किमले दक्षिण कोरिया र अमेरिकासँग बलियो समन्वयको इच्छा पनि व्यक्ति गरेको दक्षिणका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु योङले किमसँग पियोङग्याङमा भेटपछि भने ।

दुई देशबीचको यो तेस्रो शिखर वार्ता हो ।