एजेन्सी, भदौ २० । भारत प्रशासित कश्मीरको बारामुला जिल्लामा महिलामाथि बदला लिनका लागि आफ्नो छोरा र उसका अन्य साथीहरुबाट ती बालिकाको बलात्कार र हत्या गराएको छ ।
पक्राउ पर्ने अभियुक्त महिला पीडित बालिकाको सौतेनी आमा भएको बताइएको छ । महिलामाथि बदला लिनका लागि आफ्नो छोरा र उसका अन्य साथीहरुबाट ती बालिकाको बलात्कार र हत्या गराएको आरोप छ ।
प्रहरीको अनुसार ती महिलाले आफ्नो १४ वर्षको छोरा र उसका अन्य तीन साथीहरुद्वारा ती बालिकाको बलात्कार गराएकी थिइन् । बलात्कारको समयमा उनी पनि घटनास्थलमै उपस्थित थिइन् ।
बालिकाको लाश आइतबार जंगलमा पाइएको थियो । उसको अनुहार एसिडले जलाइएको थियो ।
प्रहरीका एक अधिकारीले बीबीसीसँग धेरै सन्दिग्धसँग सोधपूँछ गरिसकेपछि महिला, उसको छोरा र अन्य साथीलाई गिरफ्तार गरेको बताएका छन् ।
प्रहरीको रिपोर्ट अनुसार फमिदा नाम गरेकी ती अभियुक्त महिलाका श्रीमान मुश्ताक अहमदले २००८ मा पीडित बालिकाको आमा खुश्बुसँग विवाह गरेका थिए । विवाहपछि मुश्ताक कान्छी श्रीमतीसँग समय बिताउने र छोरालाई वेवास्ता गरेर छोरीलाई धेरै माया गर्न थालेपछि घरमा विवाद शुरु हुन थालेको थियो ।
यसै क्रममा फहमीदाले बदला लिनका लागि षडयन्त्र रचेकी थिइन् ।
प्रहरीले बालिका पछिल्लो दश दिनदेखि वेपत्ता रहेको बताएका छन् । वरिष्ठ प्रहरी अधिकारी इम्तियाज हुसैनले सामूहिक बलात्कारपछि बालिकालाई बन्चरो प्रहार गरिएको र १९ वर्षका एक युवकले धारिलो चक्कुले बालिकाको आँखा निकालेर अनुहारमा एसिड प्रयोग गरेको बताएका छन् ।
