किन उठ्छ रिस ? रिसको उपचार के हुन्छ ?

Avatar photo
Dhadingpost
भदौ २०, २०७५

काठमाडौं, भदौ २० । रिस मानिसको भावनात्मक प्रक्रिया एकदमै ठूलो र जटिल समस्या हो । कसैलाई तनाव हुन्छ, कसैको भावनामा चोट पुगेको छ भने त्यो मानिसको व्यवहारमा रिस देखिन्छ ।

रिस तत्काल व्यवस्थापन गर्न सकिँदैन तर दीर्घकालीन रुपमा रिसलाई कम गर्न पनि धेरै लामो अभ्यास चाहिन्छ । ‘म रिस कम गर्छु’ भनेर तत्काल रिस कम गर्न सकिँदैन । मानिसको भावना, विवेकलाई नियन्त्रण गर्ने कुरा तत्काल हुँदैन, आउनै नदिन भन्दा पनि रुपान्तरण गर्न सकिन्छ ।

यसलाई हटाउन र घटाउन रिस के कारण भएको भनेर केलाउनुपर्छ र उपाय खोजी गरी घटाउनु पर्छ । तर त्यसको लागि लामो अभ्यास र अनुभव चाहिन्छ । रिसले सामान्यदेखि असामान्य खालको प्रकृतिको घटना दुर्घटना हुन सक्छ ।

त्यसकारण रिस कुन हदसम्म चाहिन्छ भन्ने कुरा हो । रिस भएन भने आफ्नो ‘इगो’लाई बचाउन सकिँदैन । रिसलाई कुन हदसम्म सकारात्मक लिने भन्ने हुन्छ तर बढी रिस राम्रो होइन ।

रिसको कारण

व्यक्तिको आफ्नो ९इगो० व्यक्तित्व, स्वभाव, विचार र कहीँकतैबाट आघात वा चुनौती आयो भने, काम अनुसारको अनुकूल अरूको व्यवहार भयो भने रिस उठ्छ ।

मनोवैज्ञानिक हिसाबले भन्दा चाहेको कुरा नपाउँदा, हानी नोक्सानी पुर्याउने खालको व्यवहार गर्दा, मनोवैज्ञानिक, शारीरिक, आर्थिक जुनसुकै पक्षमा उसलाई चित्त नबुझ्दो व्यवहार कसैले गर्यो भने भावनामा चोट पर्छ, चोट परेको जुन प्रतिक्रिया हो त्यो रिस हुन आउँछ ।
रिस उठ्यो भन्दैमा कसैले कसैलाई केही गर्न पाइन्छ भन्ने नै हुँदैन ।

के गर्न हुन्छ–हुँदैन भन्ने कुरा निर्धारित छ, रिस उठे पनि नउठे पनि नगर्ने कुरा गर्न हुँदैन । मानिसहरू सबैलाई आ–आफ्नो काम सही कि गलत भन्ने थाहा हुन्छ जे मन लाग्छ त्यही गर्न हुँदैन । मानिसले रिसको आवेगमा गरिएका कुरालाई रोक्न रिस रुपान्तरण गर्ने प्रयास गर्नुपर्छ ।

व्यक्तिमा परेको भावनात्मक प्रभाव, चोट, संवेग नियन्त्रण गर्ने एउटा ‘मेकानिक’ हुन्छ त्यो कमजोर भएका कारण हुने समस्या मानसिक तनाव हो । त्यो तनाव लामो समयसम्म भएपछि आउन सक्ने मानसिक अवस्था उदासिनता (डिप्रेशन) हो ।
रिस मत्थर पार्न वा रुपान्तरण गर्न गलत व्यवहार गर्न हुन्न । यस्तो अवस्थामा रिसाएको व्यक्तिले विभिन्न खालको लागु औषध प्रयोग गर्न सक्छ त्यसबाट हुने अरू विभिन्न समस्या उत्पन्न हुन सक्छ र व्यवहारमा फरक–फरक समस्या देखा पर्न सक्छ ।

रिसको आवेगमा आएर घटना दुर्घटना लगायत शारीरिक रुपमा मुटु र हर्मोनको कारण रोगको समस्या हुन्छ ।

निर्णय लिन नसक्दा व्यक्तिको स्वास्थ्यदेखि लिएर व्यवहारिक जिन्दगीमा धेरै कुरामा हानी नोक्सानी पुर्याउँछ । रिसले रोगसँग लड्ने क्षमता घट्छ र अरू रोगहरु पनि लाग्ने सम्भावना बढी हुन्छ । बढी रिस भएको मानिसले कसैको निर्णय लिन नसक्दा आउने व्यावहारिक, व्यक्तिगत क्षमता, स्वास्थ्य स्याहार, कार्यक्षेत्रमा अपनाउनु पर्ने कार्य यी सबै कुरामा असर पर्दछ ।

रिसको उपचार के हुन्छ ?

रिसलाई व्यवस्थापन गर्न यही औषधिले काम गर्छ भन्ने छैन । रिसको कारण पहिल्याएर त्यो अनुसारको उपचार गर्दा कम हुन्छ । मनोवैज्ञानिक हिसाबले उपचार गर्नुपर्छ, रिसको कारण राम्रोसँग विश्लेषण गरेर त्यहीअनुसारको उपचार गरी रुपान्तरण गर्न सकिन्छ ।