‘रोनाल्डोले क्लब छोड्दा रियललाई घाटा’ – मेसी

Avatar photo
Dhadingpost
भदौ २०, २०७५

बार्सिलोना, भदौ २० । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियानल मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स प्रस्थानले रियल म्याड्रिड कमजोर भएको बताएका छन् ।

रियल म्याड्रिडमा पूर्व प्रशिक्षक जिनेदिन जिदानसँग लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेसँगै उनी ८८ मिलियन पाउण्डमा युभेन्ट्स पुगेका थिए । रियलले एटलेटिको मड्रिडसँग युएईएफए सुपर कपको उपाधि गुमाउन पुगेको थियो । तर, यस सिजनको ला लिगामा भने आफ्ना सुरुआती तीन खेलमा जित हात पारेको छ । क्लबले तीनै खेलमा सहज जित दर्ता गर्दै रोनाल्डोको कमि महसुस हुन दिएको छैन । तर लामो समयसम्म त्यसै प्रदर्शनलाई निरन्तरता दिन भने कठिन हुनेछ ।

हाल रियलसँय नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइ छन् । उनले रियलमा नियुक्ती भएसँगै विश्वकप सुरुहुनु केहि दिन अघि स्पेनिस राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजिनामा दिएका थिए ।

क्याटलान रेडियोसँग कुरा गर्दै मेसीले भन, ‘रोनाल्डो बाहिरिनुले रियल कमजोर बनेको छ भने हाल युभेन्ट्समा सुधार अएको छ । रियल मड्रिड विश्वको सबैभन्दा राम्रो टिम मध्य एक हो । तर, रोनाल्डो बिना रियल त्यती राम्रो देखिदैन् र हाल च्याम्पियनस लिग जित्ने मध्यमा युभेन्ट्स एक बनेको छ ।

बार्सिलोनाले पछिल्लोपटक सन् २०१५ मा च्याम्पियन्स लिग जितेको थियो । पछिल्ला तीन बर्ष लगातार क्वाटरफाइनलबाट बाहिरिएको बार्साका लागि यो वर्ष टिम राम्रो भएकाले च्याम्पियनस लिग जित्न सक्ने मेस्सीको दावी छ ।