अभिभावक र विद्यार्थीलाई मोटिभेसन दिईयो

Avatar photo
Dhadingpost
भदौ १६, २०७५

संजय देवकोटा, भाद्र १६ । विद्यार्थीहरुलाई उनीहरुको मनोभावना बुझेर अध्ययनमा ध्यान दिन मोटिभेटर प्रितम पौडेलले अभिभावकहरुलाई सुझाव दिएका छन् ।

पिटेर, डर देखाएर राम्रो पढ्छन् भन्ने सोच अभिभावकहरुले परिवर्तन गर्न आग्रह समेत गरेका छन् ।

धादिङबेसी स्थित धादिङ बोर्डिङका अभिभावक र विद्यार्थीलाई मोटिभेसन दिदै  मोटिभेटर पौडेलले भने- नानीबाबुहरुको सबैको सिक्ने क्षेमता र समान हुँदैनन् कोहि छिटै सिक्छन् कोहि ढिलो यसो हुनुका धेरै कारण मध्य अभिभावकले डरत्रासमा राखेका बालबालिकाहरु ढिलो सिक्छन् र खेलको माध्याम वा मनोभावना बमोजिम साथी समान हुर्किएका नानीबाबुहरु पाढाएको पनि छिटो बुझने र छिटो सिक्छन् ।

धादिङ बोर्डिङको आयोजनामा भएको उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरुको उपस्थिति रहेको थियो ।

यस्तै अभिभावकहरुका लागि ३ चरणमा र कक्षा ८,९,१० का विद्यार्थीहरुका लागि आयोजित कार्यक्रममा करिब ५०० अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै मोटिभेटर पौडेलले विद्यार्थीहरुलाई मोवाइल फोनले अत्यन्तै असर गरेकाले अभिभावकहरुले आफ्ना बाबु नानीहरुलाई आफ्नो निगरानीमा राखेर अध्ययनलाई अगाडि बढाउनुपर्ने सुझाव समेत दिए ।

विद्यालयले यस्ता खाले प्रशिक्षण कार्यक्रमको आयोजनाले अभिभावकहरुको विद्यार्थीप्रतिको भूमिकाका विषयमा धेरै विषयवस्तु जान्ने र बुझ्ने अवसर प्राप्त गरेको धारणा अभिभावकहरुले व्यक्त गरेका थिए । यस्ता खाले प्रशिक्षण कार्यक्रमले विद्यार्थी अभिभावक र शिक्षकहरुको सम्बन्ध सुमधुर हुनुका साथै विद्यार्थी, अभिभावक र शिक्षकलाई आ–आफ्नो भूमिकाका विषयमा जानकारी मिलेको विद्यालयका प्रधानाध्यापक हरि लम्सालले बताए ।