राहदानीमा गल्ती नै गल्ती

Avatar photo
Dhadingpost
भदौ १६, २०७५

धादिङ भाद्र १६ । विभिन्न प्रक्रियाहरु पुरा गरि तयार हुने मेशिन रिडेवल राहदानीमा विभागमा कार्यरत कर्मचारीका कारण एउटै राहदानीमा गम्भीर कम्जोरी भएको फेला परेको छ ।

धादिङ गजुरी गाउँपालिका स्थित मुक्तिकला लामिछानेले सबै प्रक्रिया पुरा गरि जिल्ला प्रसाशन कार्यालयमा राहदानी फारम प्रमाणिकरण पनि गरिन । तर राहदानी बनेर आउँदा कल्पना नै नगरिएका गल्तीहरु भएर आयो ।

राहदानीको मुख्य पानामा मुक्तिकला लामिछाने भएको नाम, अर्काे पानामा मोक्तिकला लेखिएको छ । उनको राष्ट्रियता तिब्बतियन भनेर लेखिएको छ, भने ठेगाना गजुरी बजार-१ गजुरी डोटी भनिएको छ ।

जिल्ला प्रशासनबाट सबै प्रमाणिकरण भएर गएको फारम पछि राहदानी बनेर आउँदा तुत्रीपूर्ण भेटिएको यो पहिलो पटक भने होईन । तर एउटै राहदानीमा यक्ति धेरै त्रुटी हुनुमा विभागका कर्मचारीहरुको गम्भीर गल्ती भएको मान्न सकिन्छ ।

गल्तीहरु जस्ताको तस्तैः