
धादिङबेसी भाद्र १६ । नीलकण्ठ नगरपालिकाले ३९ औं राष्ट्रिय शिक्षा दिवस भव्य रुपमा मनाउने गरि विभिन्न निर्णयहरु गरेको छ ।
शुक्रबार धादिङबेसीमा सम्पन्न नीलकण्ठ नगरपालिका शिक्षा समितिको बैठकले भाद्र २२ गते ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको हो ।
गुणस्तरिय शिक्षालाई जोड दिने गरि नीलकण्ठ नगरपालिकाले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस मनाउने जुन स्वागत योग्य निर्णय गरेको छ । यस्तै कार्यक्रम जिल्लाका सबै पालिकाहरुले गर्नुपर्ने प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकिले बताए ।
हामी शिक्षामा आमुल परिवर्तन चाहान्छौ, जीवन उपयोगि बनाउन चाहान्छौ, भने शैक्षिक नीतिहरुको विषयमा पनि तल देखि माथि सम्म उच्चतम बहस र परिमार्जन आवश्यकता छ तर पनि दिवस विशेषमा नीलकण्ठ नगरपालिकाले जुन कार्यक्रममा गर्ने निर्णय गरेरको छ जसले शिक्षक विद्यार्थीहरुमा हौसाला प्रदान गर्ने छ अध्यक्ष बुढाथोकिले बताए ।
नीलकण्ठ नगरपालिकाले यसरी मनाउँदै छ शिक्षा दिवस
१. कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायीक र संस्थागत विद्यालयबाट ३-३ जना विद्यार्थीलाई सम्मान गर्ने ।
२. कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायीक र संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने ३-३ जना विद्यार्थीलाई सम्मान गर्ने
३. सिईई परिक्षामा उत्कृष्ट नलिजा ल्याउने शिक्षक विद्यार्थीहरुमध्यबाट पुरस्कृत गर्दा विद्यार्थीले ल्याएको जिपीएलाई आधार मानिने ।
४. यस शैक्षिक सत्रबाट अनिवार्य सेवा निवृत शिक्षकहरु सबैलाई पुरस्कृत गरिने ।
५. विज्ञान प्रविधि वरदानकी अभिसाप भन्ने शिर्षकमा मावि स्तरीय छात्र\छात्रा वादविवाद प्रतियोगिता गर्ने ।
