जिल्ला स्तरीय वक्तृत्वकलामा धादिङ बोर्डिङ प्रथम

Avatar photo
Dhadingpost
भदौ १६, २०७५

धादिङ भाद्र १६ । जिल्ला स्तरीय वक्तृत्त्वकला प्रतियोगितामा धादिङ बोर्डिङका विशाल लम्साल प्रथम भएका छन् ।

एन प्याब्सन धादिङले शुक्रबार आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा धादिङ बोर्डिङका विशाल लम्साल प्रथम हुन सफल भएका हुन् ।

जिल्लाभरका एनप्याब्सनसँग सम्बद्ध विद्यालयहरुबीच भएको प्रतिस्पर्धामा कक्षा ९ मा अध्ययनरत विशाल प्रथम, धादिङ बोर्डिङ बाटै कोइसन भण्डारी तृतिय भएका थिए । यस्तै किबो बोर्डिङ कक्षा ९ मा अध्ययनरत स्मारिका काराखेती द्धितीय र कक्षा ८ का अविन जित सान्तोना भए ।

जिल्ला प्रथम भए सँगै “हामीले विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र दिएका छैनौँ विद्यार्थीहरु अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गराउन विद्यालय भित्र तथा विद्यालय बाहिर हुने जुनसुकै कार्यत्रम तथा प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराउदै आएका छौँ । यो जित हाम्रो विद्यालय शिक्षक तथा विद्यार्थीहरुको मेहनतको फल हो । यस्ता खाले सफलताले अझै नयाँ तरिकाले अगाडि बढ्न हौसला प्रदान गरेको छ ।” प्रिन्सिपल हरि लम्सालले धादिङपोष्टलाई बताए ।

एन प्याब्सन धादिङले आयोजना तथा बुद्ध भिजन एकेडेमी खानिखोलाको संयोजनमा बुद्ध भिजन एकेडेमीको प्राङ्गणमा आयोजित वक्तृत्त्वकला प्रतियोगिताको प्रमुख आतिथ्यता धुनिवेसी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र इटनीको प्रमुख आतिथ्यता रहेको थियो । एन प्याब्सन धादिङसँग सम्बद्ध ७ वटा विद्यालयका कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराइएको थियो ।