ओखलढुङ्गा, भदौ १४ । ओखलढुंगाको मोलुङ गाँउपालिका– ८ रागाद्धीपमा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।
गएराती आएको भीषण पहिरोले स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईको घर परिँदा राई सहित उनका श्रीमती ४० वर्षीया धन कुमारी राई, उनका दिदी ५५ वर्षीया मित्रमाया राई तथा ३ वर्षीय छोराको मृत्यु भएको हो ।
घरमा बस्दै आएका चारै जनाको सुकेकै ठाँउमा पहिरोले पुरेको हो । स्थानीय र प्रहरीको सक्रियातामा उनीहरुको शव निकालिएको छ । जिल्लामा केही दिनदेखिको निरन्तरको बर्षाका कारण ठाँउठाउँका स्थानीय सडकहरुमा पहिरो जानेक्रम जारी छ ।
बुधबार मध्यराती घरमाथिबाट झरेको पहिरोले सुतिरहेको अवस्थामा उनीहरु चारैजना पुरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
घरमाथिबाट खनिएको स्थानीय सडक भत्किएर पहिरो झरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायक उपरीक्षक अनन्तराम शर्माले बताए ।
