सबै विधाका कलाकार भाद्र २७ गते चरौदी खेल मैदानमा

Avatar photo
Dhadingpost
भदौ १३, २०७५

धादिङ भाद्र १३ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चरौदीमा सबै बिधाका राष्ट्रिय कलाकारहरुले भाद्र २७ गते चरौदी खेल मैदानमा मनोरञ्जनात्क प्रस्तुति दिने भएका छन् ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा चरौँदी समाज सुधार युवा क्लवद्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सबै बिधाका राष्ट्रिय कलाकारहरुले मनोरञ्जनात्क प्रस्तुति दिने आयोजक संस्थाका संगित सुवेदीले बताए ।

विगत केहि बर्ष देखि तीज विशेष बृहत साँस्कृतिक कार्यक्रम गर्दै आएको चरौँदी समाज सुधार युवा क्लवले यो वर्षको कार्यक्रम भाद्र २७ गते गर्ने गरि अन्तिम तयारीका लागि जुटेको समेत सुवेदीले बताए ।

भाद्र २७ गते हुने कार्यक्रमका लागि बसन्त थापा, रितु तामाङ, राजन गुरुङ, शिला गुरुङ, रमिला न्यौपाने, अविर थापामगर, हाँस्य कलाकार पुर्षोतम् भण्डारी (पुर्खेबा) लगायत कलाकाहरु सँग संझौता भैसकेको अन्य कलाकारहरु सँग पनि छलफल भै रहेको आयोजकले बताएको छ ।

गत वर्षको कार्यक्रम यस्तो भएको थियो

धादिङ चरौदीमा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती (फोटो फिचर)