एजेन्सी, भाद्र २३ । उत्तर कोरियाली अधिकारीहरुले एउटा पत्रमार्फत अमेरिकालाई उसँग भएको निशस्त्रीकरणको वार्ता भंग हुनसक्ने चेतावनी दिएको छ ।
उक्त पत्र सिधा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोलाई हस्तान्तरण गरिएको थियो जसमा उत्तर कोरियाली नेता किम जोङ उनको सरकारलाई उक्त प्रक्रिया अगाडी बढ्न नसक्ने लागेको लेखिएको थियो ।
९५० देखि १०५३ को बीचमा चलेको कोरियाली युद्ध कुनै शान्ति सम्झौता बिना युद्धविरामको नाममा टुंगिएको थियो जसकारण अझै पनि अमेरिकी नेतृत्वको संयुक्तराष्ट्र संघीय बल प्राविधिकरुपमा उत्तर कोरियासँग युद्ध मैदान छ ।
दुई देशबीच शान्ति सम्झौताका लागि अमेरिकाले अझै पनि उत्तर कोरियाका अपेक्षाहरुलाई पुरा गर्न तयार नरहेको स्रोतलाई उदृत गर्दै सिएनएनले जानकारी दिएको छ ।
