लन्डन, भदौ १३ । इंग्ल्यान्डका फरवार्ड जेमी भार्डी र डिफेन्डर ग्यारी काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
भार्डी र काहिल दुवैले मंगलबार नयाँ युवा खेलाडीहरुलाई अवसर दिने भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
भार्डीले तीनवर्ष अघि मात्रै आयरल्यान्डविरुद्ध खेल्दै इंग्ल्यान्डको टिमबाट डेब्यु गरेका थिए । उनले सात गोल गरेका छन् । सन्यासको घोषणा गर्दै भार्डीले भनेका छन्, ‘टिममा नयाँ जोसिलो युवा खेलाडीहरु आएका छन् । म अब युवा खेलाडी हुन सक्दिन । त्यसैले नयाँ खेलाडीलाई टिममा स्थान दिनुपर्छ भन्ने सोचेर सन्यासको घोषणा गरेकी हु । मेरो पारिवारिक कुरा पनि छ । क्लब फुटबललाई निरन्तरता दिन चहान्छु ।
यता, सन्यासको घोषणा गरेका काहिलले टिमबाट छुट्टिने यो उपयुक्त समय रहेको बताएका छन् । ‘राष्ट्रिय टिमबाट खेल्न पाउनु मेरो लागि गौरवको विषय हो । मैले आज सन्यासको घोषणा गरेको छु । तर, मैले पूर्ण रुपमा राष्ट्रिय टिमको ढोका बन्द गर्नेछ्रन । टिमलाई समस्या परेको अवस्थामा जुनसुकै समय म उपलब्ध हुनेछु ।
३२ वर्षीय काहिलले २०१० मा इंग्लिस टोलीमा डेब्यु गरेका काहिलले राष्ट्रिय टोलीबाट ६१ खेल खेल्दै ५ गोल गरेका छन् ।
