चुजी बन्दै कियारा, यसरी छान्छिन् फिल्म

Avatar photo
Dhadingpost
भदौ ११, २०७५

एजेन्सी, भदौ ११ । फिल्म ‘लभस्टोरी’मा आफ्नो भूमिकाका कारण सबैका ध्यान खिच्न सफल बलिउड अभिनेत्री कियारा आडवाणी आफू पहिलेको तुलनामा फिल्म छनोटमा जिम्मेवार बन्दै गएको बताएकी छन् ।

२०१४ मा फिल्म ‘फगली’बाट अभिनययात्रा प्रारम्भ गरेकी यी अभिनेत्री त्यसपछि ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ र ‘मेसिन’ जस्ता चलचित्रमा काम गरिन् । करण जौहरको ‘लस्ट स्टोरिज’बाट उनलाई चर्चा मिलेको हो । यसमा मिलेको ख्यातीसँगै उनी फिल्म छनोटमा जिम्मेवार बनेकी हुन् ।

‘म अब फिल्म छनोटलाई लिएर धेरै जिम्मेवार महसुस गर्न लागेकी छु’, उनले भनेकी छन्, ‘मैले अब अझै मेहेनतका साथ काम गर्ने र त्यो र त्यो जिम्मेवारीलाई पूरा पूरा गर्ने संकल्प लिएकी छु। म ती मानिसमा गर्व गर्न चाहन्छु जसले मामाथि भरोसा गरेका छन् ।

कियाराले सिनेमा समाजको प्रतिबिम्ब भएका कारण यसमा देखाइने विषयले समाजमा प्रत्यक्ष प्रभाव पार्ने बताइन् । सिनेमाका पात्रमा घटने घटनासँग मेलखाने व्प्यक्तिलाई यसले प्रभाव पार्ने उनको भनाइ थियो ।

आफ्नो करिअरमा मिलेको सफलताप्रति खुसी हुँदै उनले भनेकी छन्, ‘मलाइ लाग्छ कि जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा खुसी हुनु हो, तपाई खुसी हुनुहून्छ भने तपाईंले गरेका सबै काममा त्यसको प्रभाव पर्छ ।

कियारा अहिले अक्षयकुमर अभिनित ‘गुड न्युज्’ र करण जौहरको ‘कलंक’मा आवद्ध छिन् । कलंकमा उनी सञ्जयदत्तका साथ देखिनेछिन् ।