
धादिङबेसी भाद्र ११ । त्रिभुवन विश्वविधालयले आईतबार सार्वजनिक गरेको बिबिएस चौथो वर्षको परिक्षाफलमा धादिङका पुष्पा श्रेष्ठ र निरुपेश श्रेष्ठ जिल्ला प्रथम भएका छन् ।
धादिङबेसी स्थित नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा तर्फ पुष्पा श्रेष्ठ ८१ प्रतिशद र छात्र तर्फ निरुपेश श्रेष्ठले ८० प्रतिशद अंकल्याई जिल्ला प्रथम भएको नीलकण्ठ क्याम्पसका प्राध्यापक डा. मुरारी अधिकारीले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
फाईनल सबै वर्षको स्कोरीङ्मा भने निरुपेश श्रेष्ठ जिल्ला प्रथम भएका छन् भने, जिल्ला दोस्रोमा पुष्पा श्रेष्ठ देखिएकी छिन् ।
चार वर्षे कोर्ष रहने बिबिएसको फाईनलमा निरुपेशले ७१ प्रतिशद ल्याए भने पुष्पाले ६८.७० प्रतिशद अंक ल्याएकी छिन् ।
यसैगरी नीलकण्ठ क्यम्पसबाट बिबिएस चौथो वर्षमा कमला नेपाल ७५.४, सरिता रिजाल ७१, गोविन्द नेपाली ६४, गायत्री अधिकारी ६० प्रतिसद अंक ल्इाएका छन् ।
२६ जनाले बिबिएसको अन्तिम (चौंथो) वर्षको परिक्षाफलमा यस क्याम्पसबाट १५ जना उर्तिण भएका छन् ।
