धादिङको पहिलो अधुनिक गायक गुरुङ सम्मानित

Avatar photo
Dhadingpost
भदौ १०, २०७५

धादिङबेसी भाद्र १० । धादिङ जिल्लाको पहिलो आधुनिक गायक नेत्रावती डब्जोङ गाउँपालिका कटुञ्जेका विरेन्द्र गुरुङ शनिवार धादिङबेसीमा सम्मानित भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल धादिङले शनिबार एक विशेष कार्यक्रमका बीच स्वरका धनी धादिङका पहिलो आधुनिक गायक गुरुङलाई सम्मान गरेको हो ।

पहिलो पटक २०५७ सालमा रेडियो नेपालबाट स्वर पास गरि आधुनिक गायन क्षेत्रको यात्रा तय गरेका गुरुङलाई सास्कृतिक क्षेत्रमा पुर्याएको उच्च योगदानलाई उच्च सम्मन गर्दै स्रष्टा सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष हिमाल घलेले बताए ।

दर्जन भन्दा बढी एल्बम बजारमा ल्याएका गुरुङले हालसालै कटुन्जेको पछिल्लो पुस्ताका गितकार शुरेस सिंखडाको गीत दिल दुखेको दिन, हरेक साझ पिउने बानी जस्ता गीतमा स्वर दिएका छन् ।

आधुनिक गायक गुरुङ सँगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल धादिङले अन्य दुई जना चर्चित गायीका रिता थापा र समाज सेवी हरि भक्त  त्रिपाठीलाई ससमेत सम्मान गरेको थियो ।