
धादिङबेसी भाद्र १० । धादिङबेसी स्थित न्यू किबो बोर्डिङको खेल मैदान शनिबार दर्शकले खचाखच भरियो ।
आँकलान गरिए भन्दा बढी दर्शकहरुको उपस्थिति रहेपछि कलाकारहरुको मनोरञ्जनले उचाई नपाउने कुरै भएन ।
धादिङ जन्मेर राष्ट्रिय रुपमा, जिल्ला र जिल्ला बाहिर रहेर कलाकारिता गरि रहेका कलाकारहरुको बाक्लो उउपस्थिति रहेको उक्त तीज विशेष कार्यक्रममा धादिङबेसी र यस आसपासका दर्शकहरुले भरपुर मनोरञ्ना लिएका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल धादिङले आयोजना गरेको तीज बिशेष तथा स्रस्टा सम्मान तथा तिज बिशेष कार्यक्रम २०७५ कार्यक्रमको उद्घाटन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको वरिष्ठ उपाध्यक्ष रमेश बिजिले गरेका थिए ।
तीज बिशेष तथा स्रस्टा सम्मान तथा तिज बिशेष कार्यक्रम २०७५ को अवसरमा आयोजक प्रतिष्ठानले साधारण सभा समेत सम्पन्न गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष बिजीले कलाकारिताले व्यक्तिको जिवन स्तर मात्र नभएर समाज विकास समेत गरेको उदाहरणहरु प्रस्तुत गरेका थिए ।

कलाकारिताको बीचमा केहि चर्तिकला देखाउनेहरुको समेत प्रवेस भएकोले कलाकारहरु दशैभर संगठित हुँदै लोक संस्कृतिको रक्षा र विकासका लागि प्रतिष्ठान गठन भएको बताएका थिए ।
धादिङका अध्यक्ष हिमाल घलेको चर्चा गर्दै उपाध्यक्ष बिजीले हिमाल घलेको गीतका कारणले नै यस क्षेत्रमा प्रवेस गर्न उत्साह जागृत भएको थियो त्यसपछि निरन्तर गित संगित क्षेत्रमा रमाई रहेको छु ।
धादिङ लोक संगित र कला संस्कृतिले भरिएको जिल्ला हो, दर्जनौं कलाकारहरु राष्ट्रिय स्तरमा नाम चलि सकेका छन्, तर जिल्ला तिर हुने कार्यक्रमहरुमा जिल्लाका कलाकारहरुलाई महत्व नदिने गरेको गुनासो सुनेको भन्दै चिन्ता व्यक्त समेत गरेका थिए ।
कार्यक्रममा मनमायाँ वाइवा, सिता लामा, विन्दा परियार, रितु लामा,रमिला न्यौपाने, रिता थापा, सुमधुर स्वरका धनी एवम् धादिङका प्रथम आधुनिक गायक विरेन्द्र गुरुङ, गोकर्ण मगर, बल बहादुर गुरुङ, राकेश गुरुङ, खेम्जि राना, गणेश चेपाङ, कमला थापा, सागर वि.सि, सिताराम परियार लगायत भरपुर मनोरन्जन दिएका थिए ।
कार्यक्रममा साङ्गितिक क्षेत्रमा योगदान गर्ने धादिङका प्रथम आधुनिक गायक विरेन्द्र गुरुङ, चर्चित गायीका रिता थापा र समाज सेवी हरिभक्त त्रिपाठीलाई सम्मान गरिएको थियो ।
