कलाकारहरु धादिङबेसी आईपुगे

Avatar photo
Dhadingpost
भदौ ८, २०७५

धादिङबेसी भाद्र ८ । धादिङबेसी स्थित न्यू किबो बोर्डिङ परिसरमा शनिबार (भोली) हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमका लागि कलाकारहरु धादिङबेसी आईपुगेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान जिल्ला कार्य समिति धादिङको आयोजनामा हुन लागेको स्रष्ठा सम्मान तथा तीज विशेष साँस्कृतिक कार्यक्रमको लागि अधिकाँश कलाकारहरु शुक्रबार साँझ नै धादिङबेसी आईपुगेका हुन् ।

स्रष्ठा सम्मान तथा तीज विशेष कार्यक्रमको तयारी सकिएको बताउँदै राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान जिल्ला कार्य समिति धादिङ अध्यक्ष हिमाल घलेले धादिङपोष्ट सँग कुरा गर्दै कार्यक्रममा उपस्थितको लागि सबैलाई आग्रह समेत गरे ।

चर्चित लोकदोहोरी गायक तथा अध्यक्ष हिमाल घलेका अनुसार मनमायाँ वाइवा, सिता लामा, विन्दा परियार, रितु लामा,रमिला न्यौपाने, रिता थापा, सुमधुर स्वरका धनी एवम् धादिङका प्रथम आधुनिक गायक विरेन्द्र गुरुङ, गोकर्ण मगर, प्रजापति पराजुली, बल बहादुर गुरुङ, राकेश गुरुङ, खेम्जि राना, गणेश चेपाङ, कमला थापा , सागर वि.सि, सिताराम परियार लगायत स्थानिय कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।