भद्र ८ । अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ । तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण अनुहारको सुन्दरता बिग्रन सक्छ ।
यदी तपाई पनि अनुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर अनुहारमा सुन्दरता देख्न चाहनुहुन्छ भने यी ६ टिप्सको प्रयोग गर्नुहोस् । जसले गर्दा तपाई बिग्रीएको सुन्दरता फिर्ता पाउन सक्नुहुनछ।
यस्ता छन् अनुहारमा चमकता ल्याउने घरेलु उपायः
दही र बेसारको फेस प्याक
एक चम्चा दहीमा एक चम्चा बेसार मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि १५ मिनेटपछि सफा पानीले अनुहार धुनुहोस् । यो कार्य केही दिन गर्नुभयो भने तपाईको अनुहारमा चमकता आउनेछ।
मह र बेसार
गर्मीमा अलिकति महमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस्। केही मिनेटपछि यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारमा सुन्दरता आउनुका साथै गर्मीका कारण आएको कालोपना हटेर जानेछ।
आलु र दहीको प्याक
एउटा आलुलाई मसिनो गरी पिसेर त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा अलिकती दही मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई १५ मिनेटमा सफा पानीले धुनुहोस् । त्यसको प्रयोग केही दिनसम्म गर्दा तपाईले अनुहारमा चमकता पाउनुहुनेछ।
मह र पानी
दुई चम्चा महमा अलिकती पानी मिसाएर अनुहारमा लगाउनुहोस्। केही समयपछि सफा पानीले अनुहार धुनुहोेस्। यसको केही दिनको प्रयोग पनि तपाईको अनुहारमा फरक पाउनुहुनेछ।
गाजर र मह
गर्मीमा गाजरलाई मसिनो गरी त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि केही मिनेटमा त्यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारको चमकता फर्किन सक्छ।

