काठमाडौं, भदौ ७ । ब्राजिल फुटबल संघका ८६ वर्षीय पूर्वअध्यक्ष जोसे मारिया मरिन भ्रष्टचारको अभियोगमा चार वर्षको जेल सजाय सुनायको छ ।
सन् २०१५ मा जुरिचको एक होटलबाट फिफा अधिकारीहरु पक्राउ पर्दा उनी पनि थिए । कोपा अमेरिका प्रतियोगिताको प्रसारणका लागि सम्झौता गर्ने क्रममा घुस लिएको उनले स्वीकारेका थिए ।
८६ वर्षीय मरिनलाई भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाइएको हो । १.२ मिलियन डलर जरिवाना पनि सुनाइएको छ ।
