मलेसियामा नेपालीबीच हानाहान, ६ जना पक्राउ

Avatar photo
Dhadingpost
भदौ ६, २०७५

मलेशिया,भदौ ६ । मलेशियाको पेनाङ राज्य स्थित केडामा रहेको एक कम्पनीमा कार्यरत नेपाली बिच मदिरा सेवन गरि हानाहान हुँदा ६ जना लाई स्थानीय प्रहरीले पक्राउ गरेको छ।आइतबार राती कम्पनी होस्टेलमा मदिरा सेवन गरि एकआपसमा हानाहान गर्दा एक जना नेपाली गम्भीर घाइते भएको र घाइतेको हाल पेनाङ स्थित सरकारी अस्पतालमा उपचार भैरहेको द स्टार अन्लाईन खबरमा उल्लेख छ।

करिब ४५ जना नेपाली बस्ने उक्त कम्पनी होस्टेलमा मदिरा सेवन गरिरहेका बेला सामन्य विवाद भएको र त्यही विवाद लाई लिएर एक आपसमा हानाहान गर्दा एक जनाको टाउकोमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

पक्राउ परेका नेपाली कुन कुन ठाउँका हुन भन्ने नखुले पनि १८ देखि ४० बर्ष सम्मका रहेका र उनीहरुलाई हातहतियार प्रयोग गरि ज्यानलिने उधोगको मुद्दा दर्ता गरिएको स्थानीय प्रहरीले जानकारी दिएको छ।