म्यानचेस्टर युनाइटेडमा भाडभैलो

Avatar photo
Dhadingpost
भदौ ६, २०७५

काठमाडौँ, भदौ ६ । यस सिजन सानदार सुरुवात गर्ने अपेक्षा लिएको म्यानचेस्टर युनाइटेडभित्रका समस्याहरु दोस्रो खेलको नतिजा पछि छताछुल्ल भएका छन् ।

म्यानुले क्लास खेलाडीहरु किन्न सहयोग नगरेको आरोप लगाउँदै आएका प्रशिक्षक जोसे मोउरिन्हो र म्यानुका स्टार खेलाडीहरुबीचको सम्बन्ध पनि बिग्रिएको बताइएको छ ।

फुटबल पण्डितहरुले पनि यस सिजन म्यानुले प्रिमियर लिग जित्ने उदेश्यका साथ खेल्नुपर्ने बताएका छन् ।

शिर्ष चारमा म्यानुले स्थान बनाउन सफल होला तर उपाधि बेगर प्रिमियर लिग यात्रा आधा अधुरो हुने टम इन्सले बताएका छन् ।

विशेषत उनको सम्बन्ध पोउल पोग्वासँग रहेको छ ।

ब्रिंटन होभ एण्ड एल्भियनसँग पराजित भएको म्यानुमा अब नयाँ प्रशिक्षक आउने हल्ला पनि चलिरहेको छ ।

मोउरिन्होलाई केही समय दिने, तर नतिजा राम्रो नआए उनलाई बर्खास्त गरेर रियल मड्रिडका पुर्व प्रशिक्षक जिनेदान जिदानलाई नियुक्त गर्ने हल्ला व्यापक चलिरहेको छ ।