धादिङ भाद्र ५ । स्थानीय तहले लिने करकाे बिषयले यतिबेला चर्काे रुप लिदै गएकाे छ । विभिन्न पालिकाले छुटहुने सेवा शुल्ककाे विषयमा सुचना जारि गर्न समेत सुरुगरेकाे देखिन्छ ।
धादिङकाे गजुरी गाउपालिकाले पनि सुचना जारि गर्दै विभिन्न दश बुदामा सेवा शुल्क नलाग्ने सुचना मार्फत जानकारि गराएकाे हाे ।
नागरिकताकाे सिफारिस, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइ सराई, सम्बन्ध विच्छेद जस्ता सेवामा कुनै पनि शुल्क नलाग्ने जनाएकाे छ ।
सुरुमा काठमाडौं स्थित चन्द्रागिरि नगरपालिकाले स्थानिय सेवामा छुट भएकाे सुचना जारि गरे सग स्थानिय तहरुले सेवा शुल्कमा धमा धम निशुल्क रहेकाे सेवाहरु सुचना मार्फत जानकारि दिन सुरुगरेका छन् ।
साेमबार सुचना जारि गर्दै गजुरीले नाता प्रमाणित, अपांगता सिफारिस, नाबालक प्रमाणितमा समेत शुल्क नलाग्ने बताएकाे छ ।
सुचना जस्ताकाे तस्तै

