एजेन्सी, भदौ ५ । भ्रष्टाचार र राज्यकोषको दुरूपयोग गरेको आरोपमा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाविरुद्ध राजधानी जोहानेसबर्गमा छानबिन सुरु भएको छ ।
तर पूर्वअर्थमन्त्री प्रवीण गोर्धनले भ्रष्ट कामकारवाहीबाट राज्यकोषको सात अर्ब डलर हिनामिना गरेको अनुमान गरेका छन् ।
त्यसमा मुछिएका गुप्ता परिवारमाथि पनि मन्त्री छनोटसहितका राजनीतिक निर्णयलाई प्रभावित तुल्याउन खोजेको आरोप लगाइएको छ । पूर्वराष्ट्रपति र गुप्ता परिवारले कुनै पनि गलत काम नगरेको भन्दै आरोपहरू अस्वीकार गरेको छ ।
