जितेन्द्र तामाङ ।
अाज भन्दा १७ बर्ष अगाडी २०५९ भाद्र १ गते देखि धादिङ जिल्ला भर शाही सेनाले एक साता लामो सर्च अप्रेसन चलायो ।
उत्तरी भेगमा दमन गर्न अस्थाई रूपमा खहरे र किम्ताङफेदीमा कमण्ड क्याम्प बसल्यो । भाद्र २ गते गुम्दीको चिमचोकमा हाम्रो १० नम्बर प्लाटुन (करिब ४०/४५ जना) सम्भावित मुडभेट्लाई ध्यान दिएर बिहानको खाना चाँडै खाएर आराम गरिएको बेला तात्कालिक शाही सेनाको जमात आएर एक्कासि आक्रमण गर्यो ।
बाक्लो गाउँ र चारैतिर खुल्ला भूगोल र बाटोहरु भएकोले सिभिलमा लामो दुरीको बिकेन्द्रीत फर्मेशनमा झुक्याएर चिमचोक गाउँ प्रवेश गरेछ । बर्षाा याम भएकोले सिमसिम पानी परिरहेको थियो र बाक्लो हुस्सु केहि मिटरमा पनि मान्छे नै नदेखिने खालको थियो । अघिल्लो दिनदेखि किम्ताङफेदीमा खसी काटेर, जाँड रक्सी खाएर रातभरि होहल्ला गरिरहेको खबर भए पनि मुभ कसरी गर्छ भन्ने चही केही अन्योलमा थियो ।
२ नं. सेक्सन बसेको टोलमा एक्कसी ४-५ जना तात्कालिक सेना सिभिलमा smg सहित देखिनाा साथ पोजिसन लिदै गर्दा बिरामी भएर पिंढीमा सुतिरहेको सेक्सन कमण्डर कमरेड समुन्द्र उठन लाग्दा त्यही नै गोलि लागेर ढल्नु भयो ।
हाम्रो तर्फबाट भीषण प्रतिरोध र प्रतिआक्रमण भयो । हाम्रो हतियार सहितको सैन्य टोलि छ भन्ने कुराको जानकारी तात्कालिक शाही सेनालाई थाहा रहेन छ,उ सरप्राइजमा पर्यो र झोलाहरु फल्दै ब्याक हुन सुरु गरे ।
भिडन्तमा शाही सेनाको ४ जना त्यहीँ ढले र थुप्रै घाइते समेत भए । त्यही दिन बेलुकी रि को कालू तामाङ एक सोझा सधारण ब्याक्ती थिए उनी गोठालोबाट फर्कदै गर्दा ररक्सिकाे नशामा लठ्ठ शाही सेनाले नियन्त्रण गरेर हत्या गर्यो । हाम्रो तर्फबाट धादिङ, बसेरीका होनहार योद्धा सेक्सन कमण्डर कमरेड समुन्द्रको शहदत भयो ।
भाद्र ३ गते म र कमरेड जनक सुझबुझको लागि लताक पुग्दा शाही सेना संग जंकाभेट भयो ।
दौडन निक्कै गह्रो भएपछि मैले झोला फ्याँके, झोलामा मेरो केही डायरी,फोटोहरु महत्त्वपूर्ण थिए र क.रन्जित (सन्तुमाया) को एउटा डायरी पनि थियो । त्यसमा हाम्रो नाम, ठेगाना सबै थियो । आतंककारी संगको दोहोरो भिडन्तमा बेलुकी रेडियो नेपाल र कान्तिपुर एफ.एम लगायतले रन्जिंता र मेरो नाम भिडन्तमा मारिको समाचार हामी आफैले सुन्याै ।
केही दिन पछि नुवाकोटबाट प्रकाशित हुने नयाँ रुपरेखा र त्रिशुली प्रबह भन्ने पत्रीकाले समेत नुवाकोटको देउरालीका दुई माओवादी कार्यकर्ताको धादिङ भिडन्तमा मृत्यु भनेर प्रकाशित गरे । ४ गते बिहानै शाही सेनाको एक (सिभिल) जासुस साविककाे रि गाबिसमा हाम्रो कब्जामा पर्यो उनलाई गंगजमुनाको लेकमा पुर्याईयाे ।
ती सेनाकाे बयान अनुसार त्यो भेगमा शाही सेनाको अप्रेसन केही दिन लम्बिने देखियो । हामीहरु एक सेक्सनले शाही सेनाको जवानलाई लिएर सत्यादेबी र बर्शुङचेतको भूगोल जाने योजना अनुसार रातिको समयमा गुम्दीबाट दार्खाफेदीको तुइनबाट सत्यदेबी तर्फ लाग्ने क्रममा सबै साथीहरू पार गराएर म अन्तिममा थिए । तुइनको डोरी लठ्ट सँग बेरिदा आँखु नादीको बिचमा अड्किन पुग्यो ।
वारिपारी जना नसक्ने भएपछि म आफ्नो साथमा भएको झोला, राइफल, गोलि, ग्रिनेट सहित तुइनको करिब १०० मिटर लट्ठमा नाङ्गो हात र खुट्टाले क्रवल गरेर पार गर्ने क्रममा १० मिटर जत्ती पार गर्न बाँकी हुँदा हात गलेर खोलाको बगरमा करिब ५०/६० मिटर तला बगरमा खसेेँ । म घाईते भएकाेले साथीहरूले उद्धार गरि जीवन बाँचियो,पुर्नजीवन प्राप्त भयो । (लेख लेखककाे स्वतन्त्र विचार हाे)
क्रमशः
