
धादिङ भाद्र ३ । धादिङबेसि स्थित गणेश हिमाल क्याम्पसले १२ कक्षा पास गरेका विद्यार्थीलाई अभिमुखिकरण तथा काउन्सिलिङ कार्यक्रम गरेकाे छ ।
कक्षा १२ उत्रिर्ण गरेका विद्यार्थीहरुलाई अाईतबार बिहान एक विशेष कार्यक्रम अायाेजना गरि निजि क्षेत्रकाे लगानि रहेकाे गणेश हिमाल क्याम्पसले करियर अभिमुखिकरण तथा काउन्सिलिङ हाे ।
विद्यार्थीले प्राप्त गरेकाे जिपिए, विद्यार्थीकाे रुचि अनुसार उपलब्ध हुने शैक्षिक उपलब्धिका विद्यार्थी हरुले छनाैट गर्ने विषय त्यसकाे महत्त्वकाे बारे कक्षा १२ उत्रिर्ण गरेका विद्यार्थीहरुलाई जानकारि गराईएकाे क्याम्पस प्रमुख ईश्वरी पाण्डेले जानकारि दिए ।
कुन विषय पढ्ने, भविश्यमा के बन्ने, कहाँ पढ्ने जस्ता विषयमा अन्याैल देखिएका विद्यार्थीहरुलाई गाईडलाईन स्वरुप करियर काउन्सिलिङ गरिएकाे समेत पाण्डेले बताए ।

