प्रियंका चोपडाले निक जोनससँग भारतीय परम्परा अनुसार गरिन ‘रोका’

Avatar photo
Dhadingpost
भदौ ३, २०७५

काठमाडौँ, भदौ ३ । भारतीय अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग भारतीय परम्परा अनुसार ‘रोका’ गरेकी छिन् ।

शनिबार आयोजित रोका कार्यक्रमको फोटो दुबैले इन्टाग्राममा सेयर गरेका छन् ।

दुबैले उक्त फोटो सेयर गर्ने बित्तिकै बधाईको ओइरो लागेको छ । प्रियंकाले फोटो सेयर गर्दै लेखेकी छिन्, ‘यसका लागि यही एउटा माध्यम हो।। मेरो परिवार र भगवानसहित । आशिर्वाद र प्रार्थनाका लागि सबैलाई विशेष धन्यवाद ।’

आफ्नो इन्गेजमेन्टको घोषणा गर्दै निकले प्रियंकासँगको एक रोमान्टिक फोटो पोष्ट गर्दै इन्स्टाग्राममा लेखे, ‘भावी मिसेज जोनस‘ मेरो मुटु।। मेरो प्रेम’ । यस्तै प्रियंकाले पनि त्यही फोटो सेयर गर्दै लेखिन्, ‘स्विकार‘ मेरो मन र आत्मासहित ।