सुर्खेतमा १२ हजार नागरिकलाई नागरिकता प्रदान

Avatar photo
Dhadingpost
भदौ ३, २०७५

सुर्खेत, भदौ ३ । सुर्खेतमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले १२ हजार ४३५ जना नागरिकलाई नागरिकता प्रदान गरेको छ ।

कार्यालयले आव २०७४÷०७५ मा चार हजार १२३ विभिन्न सिफारिश गरेको उनको भनाइ छ । गएको आव २०७४÷७५ मा रु एक करोड एक लाख ११ हजार ९७७ राजश्व सङ्कलन भएको जनाएको छ ।

राहदानी शुल्क, दण्ड जरिवाना, अवैध हातहतियार खरखजाना, संस्था दर्ता तथा नवीकरण लगायतको कार्यबाट रु एक करोड बढी राजश्व सङ्कलन भएको सूचना अधिकारी लामिछानेले बताए ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार सबैभन्दा बढी नयाँ नागरिकता लिनेको सङ्ख्या रहेको छ ।

जिल्ला प्रशासनबाट बंशजका आधारमा सात हजार ७४७, प्रतिलिपि नागरिकता चार हजार ६८२ र वैवाहिक अङ्गीकृत नागरिकता छ जनाले लिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए ।

यसैगरी यस जिल्लाबाट सिफारिश भएर राहदानी लिने एक हजार ८६२ र द्रुत सेवाबाट राहदानी लिने सिफारिश भएका दुई हजार ७७ जना रहेको सूचना अधिकारी लामिछानेले बताए ।