
धादिङ भाद्र ३ । कला र साहित्यकाे क्षेत्रका काम गर्दै अाएकाे धादिङ सिर्जना प्रतिष्ठानकाे अध्यक्षमा पुन: प्रकाश पाैडेल चयन भएका छन् ।
धादिङ सिर्जना प्रतिष्ठानको चयन, ललितकला र सस्कृतिको उन्नयन” भन्ने नाराकाे साथ शनिबार भएको धादिङ सिर्जना प्रतिष्ठानको सातौ साधारण सभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा पाैडेललाई चयन गरेकाे हाे ।
अध्यक्ष पाैडेल निलकण्ठ क्याम्पसका प्राध्यापक तथा धादिङबेसि स्थित सुनगाभा एकेडेमीको प्रिन्सिपल समेत हुन् ।
प्राध्यापक वरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोतम दाहालकाे प्रमुख अातित्थ्यतामा भएकाे उक्त अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेकाे छ । जसमा उपाध्यक्ष कल्पना अधिकारी,
सचिव सिर्जना अर्याल अधिकारी
सह–सचिव शिखा श्रेष्ठ
कोषध्याक्ष सुष्मा नेपाल
सहित सदस्यहरु
किरण पाण्डे, अपिल कोइराला, कपिल जमकट्टेल, हरि श्रेष्ठ, गायत्री खतिवडा, राज गुरुङ, हरि शरण अर्याल, टोप कुमारी श्रेष्ठ, नवराज सापकोटा र गौरी नेपाल ढुङ्गाना चयन भएका छन् ।
तस्बिर कृष्ण शिसिर
