धादिङ भाद्र १ । धादिङ नेत्रवती गाउँपालिका निवासि सुरेश सेन सिंखडा नेपाली साहित्य तथा गितकारका रुपमा परिचित नाम हाे ।
पर्यटन व्यवसायी समेत रहेका सिंखडाले लेखेका दर्जन भन्दा बढी गित चर्चामा रहेका छन् ।
पछिल्लाे समय युवाहरुको ढुकढुकीका रुपमा स्थापित गितकार सुरेश सेन सिम्खडाकाे, दिल दुखेको दिन कति रोए आसुको मात्र नाप न सकिन जस्ता गितहरु चर्चित बने ।
साहित्यकार नवराज लम्साल पछि धादिङमा उदाएका उनै पछिल्लो पुस्ता आशा लाग्दो गीतकार सुरेश सिंखडाकाे शब्दमा धादिङ्कै पहिलो आधुनिक गायक तथा सङीतकार बिरेन्द्र गुरुङ, स्वरूपराज आचार्य,सुर्य थापा लगायतले स्वर दिसकेका छन् ।
पछिल्लो समयमा सुरेशको चर्चा रहेकोे गीत (हरेक साझ पिउने बानी बसिहल्यो मति बिग्रेपछि दिउसै देखि पिउन थले अति बिग्रेपछि ) हल चर्चा रहेको छ ।
धादिङको नेत्रवती ५ घर भएको सुरेश सिम्खडा हाल क्यानडामा बस्छन र yob tube मार्फत दिल दुखेको र हरेक साझ को म्युजिक video हेर्न सकिन्छ ।
