एजेन्सी, भदौ १ । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको आज अन्तेष्टि गरिदैछ । बिहिबार ९३ वर्षको उमेरमा उनको निधन भएको थियो ।
मधुमेहका बिरामी वाजपेयीको बिहिबार साँझ ५ बजे निधन भएको हो ।
भारत सरकारले आज विशेष सम्मानकासाथ अन्तेष्टि गर्दैछ । आज भारतमा सार्वजनिक विदा पनि दिइएको छ । उनलाई श्रद्धान्जली दिन विभिन्न देशका राष्ट्रप्रमुख र अधिकारी पनि दिल्ली पुग्दै गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
