नाइके समूहले अनियमितता गरेको भन्दै कैदीहरुबीच झडप, दुई घाइते

Avatar photo
Dhadingpost
साउन ३१, २०७५

पाल्पा, साउन ३१ । जिल्ला कारागार पाल्पामा कैदी बन्दीहरु विच झडप हुँदा दुई कैदी घाइते भएका छन् ।

कैदी बन्दी बीच आपसमा झडप भएपछि प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, प्रहरी प्रमुख पोखरेल सहित सुरक्षा निकाय कारागार परिसरमा पुगेको थियो ।

कारागारमा नाइके समुहबाट आफुहरु पिडित भएको भन्दै उनीहरु बिच झगडा भएको हो । घटनाको थप अनुसन्धान गरी ऐन अनुसार कैदीको सरुवा गरिने प्रहरी प्रमुख पोखरेलले बताए ।

आफुले पाउँदै आएको सेवासुविधामा नाइके समूहले अनियमितता गरे भन्दै अन्य कैदीबन्दीहरुले आफ्ना माग राख्ने क्रममा झगडा भएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।

झडप हुँदा कैदी बन्दी सन्तोष नेपाली र अर्जुनु घिमिरे सामान्य घाईते भएका हुन् ।