क्रिकेट टिमको पूर्व कप्तान आजित वाडेकरको निधन

Avatar photo
Dhadingpost
साउन ३१, २०७५

काठमाडौं, साउन ३१ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान अजित वाडेकरको ७७ वर्षको उमेरमा मुम्बईको जसलोक अस्पतालमा निधन भएको छ ।

उनी कलेज समयमा १२ औं खेलाडी बनेमा ३ रुपैयाँ भारु म्याच फि पाउने लालचमा क्रिकेटर बनेका थिए । त्यसपछि लत लाग्यो ।

उनले सन् १९७१ मा वेष्ट इन्डिजमा पहिलो जित दिलाएका थिए

सन् १९४१ को अप्रिल फुलमा जन्मिएका वाडेकर विदेशी भूमिमा क्रिकेट श्रृंखला जित्ने पहिलो कप्तान हुन् । उनले सन् १६६ मा पहिलो टेष्ट खेलेका थिए ।