चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्ष कैद २० हजार जरिवाना

Avatar photo
Dhadingpost
साउन ३०, २०७५

काठमाडौं, साउन ३० । सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुबै सजाय हुने भएको छ ।

संहितामा विनाकाम र दुःख दिने उद्देश्यले छलकपटपूर्ण टेलिफोन (ब्लफ कल) गर्नेलाई दुई वर्ष कैद वा २० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

त्यस्तै, अनुमति तलिई अरुको घरमा छिर्नेलाई तीन वर्षसम्म कैद वा ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।

मुलुकी अपराध संहिताको दफा २९५ को उपदफा ३ अनुसार कुनै पनि व्यक्तिको फोटोमा अर्को व्यक्ति वा अन्य वस्तुसँग जोड्ने र प्रकाशन गर्नेलाई सजाय हुने व्यवस्था गरेको छ । मुलुकी ऐनलाई विस्थापित गरेर १ भदौदेखि लागू हुने अपराध संहिताले यस्तो व्यवस्था गरेको छ ।