काठमाडौं, साउन ३० । नेपाली कामदारको निरन्तर आर्थिक र श्रम शोषण गरिरहेको मलेसियाको बेस्टिनेट एडिएन बिएचडी नामक कम्पनीलाई निलम्बन परेको छ ।
नेपाली कामदार ठगेको आरोपमा मलेसिया सरकारले कम्पनी निलम्बन गरेको हो । नेपाल कामदारमाथी आर्थिक र श्रम शोषण गरेको भन्दै नेपाल सरकारले पनि एक्सन लिएको थियो । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया कामदार पठाउन ५ महिनादेखि रोकिरहेको छ ।
मलेसियाका प्रधानमन्त्री डा. महाथिर मोहम्मदले नेपालसँग सरकारीस्तरबाटै कामदार लैजाने गरी जिटुजी सम्झौता गर्ने बताए । नेपालसँग जिटुजी सम्झौतामा गर्ने त्यहाँको संसदमा बताएका छन् ।
मलेसिया सरकारले विदेशी कामदारका समस्या समाधान गर्न गृह मन्त्रालय र मानव संसाधन मन्त्रालयसहितको संयुक्त समिति बनाउने तयारी गरिरहेको छ । नेपालसहित सवै विदेशी मुलुकबाट कामदार आपूर्ति गर्दा एउटै प्रणाली अपनाउने बताए ।
बेस्टिनेट एडिएन नामक संस्थाले विभिन्न खाल्का आर्थिक शोषण नेपाली कामदारमाथी गरिरहेको थियो । कामदार रोकपछि मलेसियाको संसदमा पहिलो पटक छलफलको बिषय बनेको छ । मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनले नेपाल सरकारसँग छिट्टै आपसी समझदारी गर्ने जानकारी गराएका छन् ।
‘नेपाल जानुअघि समस्या समाधानका लागि जुन किसिमको आवश्यकता छ, त्यसैअनुसार एमओयू स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउँदै छौँ,’ मंगलबार पत्रकार सम्मेलनमा भने जसरी नेपाल कामदार पठाउन तयार छ, त्यसैगरी हामी पनि उनीहरूलाई स्वीकार गर्न तयार छौँ ।’
