विराटनगर, साउन ३० । कोशिटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ ।
उदयपुर बेलका नगरपालिका–३ मा २÷३ वटाको समुहमा आएका हात्तीको आक्रमणमा घरमै सुतिरहेका ३५ वर्षीय कुमार सार्कीको मृत्यु भएको हो ।
हात्तीले सार्कीलार्इ उठाएर ५० मिटर पर लगी च्यापेर मारेको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका प्रहरी निरीक्षक नविनकुमार सिंहले बताए । बिहान करिब ४ बजे घरमै सुतिरहेका सार्कीमाथि हात्तीले आक्रमण गरेका प्रहरी निरीक्षक सिंहले बताए ।
