रणवीर सिंह र दीपिकाको विवाह पक्का

Avatar photo
Dhadingpost
साउन २९, २०७५

एजेन्सी, साउन २९ । रणवीर सिंह र दीपिका पादुकोणले २० नोभेम्बरमा लगनगाँठो कस्दैछन् । फिल्मफेयरको रिपोर्ट अनुसार विवाह इटलीमा हुँदैछ ।

रिपोर्ट अनुसार रणवीर र दीपिकाको विवाहको तयारी सुरु भइसकेको छ। यो विवाह सबैभन्दा उत्कृष्ण ३० पाहुँनालाई बोलाइने छ ।

‘गोलिओँ की राजलिला, रामलिला’ पछि यो जोडीलाई धेरै नै रुचाइएको थियो। यो जोडिले ‘रामलिला, बाजीराव मस्तानी र पद्मावत’ मा सँगै काम गरिसकेका छन् ।

अहिले भने उनीहरु छुट्टी मनाउन विदेश भ्रमणमा छन्। उनीहरुको कुनै पनि तस्बिर समाजिक सञ्जालमा सार्वजनिक भएको छैन ।

उनीहरुको विवाहको मिति पक्का भएपछि उनीहरुलाई बधाई आउन थालेको छ। कविर वेदी पहिलो नम्बरमा परेका छन् । विवाहको भइसकेपछि उनीहरु आफ्नो साथीलाई मुम्बईमा ठूलो पार्टि दिनेछन् ।

दीपिका र रणवीरले आफ्नो सम्बन्धलाई कहिले पनि बाहिर ल्याएनन्। तर हल्ला भने धेरै नै पहिलेबाट नै भएको थियो। हल्लालाई आधार मान्ने हो भने उनीहरु सन् २०१३ बाट नै प्रेमसम्बन्धमा भएको बताइन्छ ।

यो भन्दा अगाडि भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले इटलीमा विवाह गरेका थिए । दीपिकाका नजिकका आफन्तले बताए अनुसार दीपिकालाई इटली धेरै नै मनपर्छ र यहि कारण उनले डेस्टिनेशन वेडिङ्गको योजना गरेका हुन् ।