उपाधि दाबेदार लिभरपुलको रवाफिलो जित

Avatar photo
Dhadingpost
साउन २८, २०७५

एजेन्सी, साउन २८ । इंग्लिस प्रिमियर लिगमा जारी सिजन उपाधिका लागि सर्वाधिक अघि मानिएको लिभरपुलले आफ्नो पहिलो खेलमा रवाफिलो जित हासिल गरेको छ ।

लिभरपुलका लागि साडियो मानेले त्यसपछि दुई गोल सम्भव बनाए । पहिलो हाफको अन्तिम समयमा गोल गरेका मानेले ५३ औं मिनेटमा दोस्रो गोल सम्भव बनाए । खेलमा एकपक्षीय रुपमा हावी भएको लिभरपुलले ८८ औं मिनेटमा चौंथो गोल थप्यो । बैकल्पिक खेलाडी ड्यानियल स्टुरिजले गोल गर्दै लिभरपुललाई रवाफिलो अग्रता दिलाए ।

लिभरपुलले कीर्तिमानी मूल्यमा भित्राएको गोलकिपर एलिसनले समेत खेलमा डेब्यु गर्दे उत्कृष्ट प्रदर्शन गरे । जारी सिजन लिभरपुल उपाधि जित्ने ध्याउन्नमा रहेको छ । उसले उपाधिका लागि भनेर नै सबै अन्य इंग्लिस क्लबभन्दा जारी सिजन केही बढी नै खर्च गरेको छ ।

आफ्नो उदघाटन खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ४–० गोलले पराजित गरेको हो । प्रिमियर लिगमा जित संख्या ५०० पुर्‍याउने क्रममा लिभरपुलले खेलको १९ औं मिनेटमा मोहमद सलाहले टिमका लागि पहिलो गोल गरे । गत सिजन पनि उत्कृष्ट प्रदर्शन गरेका सलाहले यो सिजनको उदघाटन खेलमा पनि टिमका लागि पहिलो गोलको कीर्तिमान बनाए ।