काठमाडौ, साउन २८ । वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घट्न सकेको छैन ।
आर्थिक सहायतको परिधिमा नपरेका कारण गणनामा नपरेका मृतक नेपालीको संख्या जोड्ने हो भने अझ बढी हुने देखिन्छ । सबै भन्दा बढी मलेसियामा २ सय ८९ जना साउदीमा २ सय ३ र कतारमा १ सय २३ जना रहेका छन् ।
आजको कारोवार दैनिकको अनुसार आर्थिक वर्ष २०७३÷७४ मा वैदेशिक रोजगारीका क्रममा ७५५ नेपालीको मृत्यु भएकोमा गत आवमा यो संख्या बढेर ८२१ पुगेको छ ।
यो संख्या विदेशमा मृत्यु भई आर्थिक सहायता पाउने युवाको संख्यामात्र हो ।
