काठमाडौं, साउन २७ । राजधानीको प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका ६४ वर्षीय कृष्ण प्रसाद लाई युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
२०४४ सालदेखि काठमाडौंको झोँछे, टौदह र पछिल्लो समय प्याफलमा बसेर झारफुक गर्दै आएका नेपालले राजधानीकै एक श्रेष्ठ थरकी युवतीलाई ‘रोग निको पार्ने’ नाममा ६ पटक सम्म बलात्कार गरेको जाहेरी परेसँगै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरेपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको बताइएको छ ।
झाँक्रीको आवरणमा बलात्कर गरेको आरोपमा पक्राउ परेका नेपालले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफुले सहमतीमा दुई पटक ती युवतीसँग शारिरिक सम्पर्क गरेको स्वीकार गरेका छन् ।
झारफुक गर्नका लागी आफ्नो आसनमा आउने महिलाहरुलाई उनले पहिले पनि यसरी नै ‘मेरो जिउमा देउता छन्, रोग निको हुन्छ’ भन्दै बलात्कार गर्ने गरेको पाइएको छ । ६४ वर्षको उमेरसम्म उनले आधा दर्जन महिलासँग विवाह समेत गरेर छाड्ने गरेको बताइएको छ ।
