नवलपरासी, साउन २७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
विनयी त्रिवेणी–१ होङसी शिवम सिमेन्ट कारखाना जाने चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१त ९७५९ नं को बलेरोले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प ५१७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
