स्पेनिस सुपर कप बहिस्कार गर्ने सेभियाको चेतावनी

Avatar photo
Dhadingpost
साउन २७, २०७५

काठमाडौं, साउन २७ । प्रतिद्वन्द्वी बार्सिलोनाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडीलाई सुरुआति ११ मा राखे खेल नै बहिस्कार गर्ने सेभियाको चेतावनी छ ।

सुपर कपको पूर्वसन्ध्यामा फुटबल संघबाट भएको घोषणा आश्चर्यजनक भएको सेभियाले बताएको छ ।

स्पेनिस फुटबल संघले शनिबार मात्र गैरयुरोपियन खेलाडीमा कुनै रोक नलगाइने बताएको थियो । जबकी स्पेनिस ला लिगामा एउटा क्लबले बढीमा तीन गैरयुरोपियन खेलाडी खेलाउन पाउँछ ।