काठमाडौ, साउन २५ । आगामी भदौ १ गतेदेखि लागू हुने गरी मुलुकी अपराध ऐन, मुलुकी फौजदारी ऐन, फौजदारी कसुर ऐन र मुलुकी देवानी कार्य विधिको सम्पूर्ण तयारी पूरा भएको छ ।
उच्च अदालत रहेका ७ वटै मुकाम, उच्च अदालत अन्तर्गतका इजलास रहेका मुकाम, ती क्षेत्रका उच्च अदालतका न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश, रजिष्ट्रार, अधिकृत र कर्मचारीलाई सहभागी गराई प्रशिक्षण कार्यक्रम सुरु गरिसकेको उनले बताईन् ।
सर्वोच्च अदालतले भदौदेखि देशभर लागू हुने गरी पाँच वटा ऐनको तयारी पूरा भएको जनाएको छ । ऐन संहिताको कार्यान्वयनमा नियमावली, दिग्दर्शन र निर्देशिकामा गरिएका व्यवस्थाको सम्बन्धमा अदालत र कर्मचारीलाई प्रशिक्षण दिइसकेको सर्बोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिईन् ।
