नीलकण्ठ क्याम्पसले स्नातक तहमा पत्रकारिता पढाउँदै

Avatar photo
Dhadingpost
साउन २५, २०७५

धादिङ साउन २५ । धादिङ जिल्लाको पहिलो क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसले स्नातक तहमा पत्रकारिता विषयमा पढाउने भएको छ ।

कक्षा ११ र १२ मा पत्रकारिता विषय पढाउँदै आएको नीलकण्ठ बहुमुखी क्याम्पसले धादिङ जिल्लामा नै पहिलो पटक स्नातक तहमा पत्रकारित विषय समेत पढाउने भएको हो ।

पछिल्लो समय पत्रकारिता तर्फ विद्यार्थीहरुको रुचि बढेको देखिएकोले यस वषए देखि क्याम्पसले पत्रकारतिा विषय पढाउन लागिएको प्राध्यापक डा. मुरारी अधिकारीले धादिङपोष्टलाई बताउनु भएको ।

टिभि, रेडियो, अनलाईन छापा लगायतका संचार संस्थाहरु दिन दिनानु दिन बृद्धि भई रहेको र दक्ष संचारकर्मीहरुको अभाव खड्किरहेकोले पनि स्नातक तहमा हुने पत्रकारिता विषय अध्यापनको लागि संचारकर्मीहरु र संचार क्षेत्रमा रुची हुनेहरुका लागि अध्यायनको लागि अन्त जानु नपर्ने समेत डा.  अधिकारीले बताए ।