काठमाडौं, साउन २४ । सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीमा सिपविकास तालिम दिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी) ले उक्त तालिम संचालन गर्न लागेको हो । छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई ७५ करोड रुपिया उपलब्ध गराएको छ । तालिम असोज महिनाबाट संचालन हुने भएको छ ।
तालिम ३ महिनासम्म संचालन हुने सिटिइभीटीका योजना महाशाखा प्रमुख एवं निर्देशक रमेश वखतीले जानकारी दिए । विषेश गरी स्थानीय तहमा वेरोजगार युवालाई स्वरोजगार हुने अवसर दिन र रोजगारीको लागि विदेश जाने युवालाई केही सहज बनाउन तालिम संचालन गर्न लागिएको हो ।
