अमेरिका–चीनको व्यापारमा कमी

Avatar photo
Dhadingpost
साउन २४, २०७५

एजेन्सी, साउन २४ । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनको व्यापारिक तनाबले विश्व व्यापारमा कमी आएको छ ।

दुवै मुलुकले व्यापारमा थप कडाई गर्ने धारणा सार्वजनिक गरिरहेको अवस्थामा बुधबार यस्तो विवरण सार्वजनिक भएको तथ्याङ्क अनुसार जुलाईमा अमेरिकासँग चीनको व्यापार नाफा २८ अर्ब डलर भएको, जुन गत जुन महिनाको २८.९ अर्बभन्दा केही कमी हो ।

अमेरिकासँगको कर युद्धका बाबजूद जुलाईमा चीनको विश्वव्यापी निर्यात प्रक्षेपण गरेभन्दा बढी १२.२ प्रतिशतले वृद्धि भएको छ र आयातमा पनि अनुमान गरेभन्दा केही बढी अर्थात् २७.३ प्रतिशत भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेसँगै चीनको अमेरिकासँगको व्यापारमा कमी आएको छ । ट्रम्पले चीनले छलकपटपूर्ण अभ्यास गरेको, अमेरिकी रोजगारी खोसेको र प्रविधि चोरी गरेको आरोप लगाउँदै आएका छन् ।

आयात र निर्यात बढेपनि जुन महिनामा ४१.५ अर्ब डलर रहेकोमा जुलाईमा २८ अर्ब डलर भएको छ । जुलाई ६ मा ह्वाइट हाउसले अमेरिका प्रवेश गर्ने ३४ अर्ब मूल्य बराबरका चिनीया उत्पादनमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । बेइजिङले पनि यस्तै कम चालेको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार, अगष्ट २३ बाट चीनबाट आयात गरिने १६ अर्ब डलर बराबरका सामानमा अतिरिक्त २५ प्रतिशत कर लगाइनेछ । ट्रम्प प्रशासनले कर वृद्धि गर्दै जाने अनुमान गरिएको अवस्थामा चीनले पनि प्रतिशोधपूर्ण करवृद्धि योजना अघि सारिरहेको छ ।