आज विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Avatar photo
Dhadingpost
साउन २४, २०७५

विराटनगर, साउन २४ । आज विश्व आदिवासी जनजाति दिवसको अवशरमा देश तथा विदेशमा विभिन्न प्रकारका कार्यक्रमहरु गरी मनाइरहेको छ ।

आदिवासी जनजाति दिवसकै अवसरमा आज प्रदेश नम्बर १ मा सार्वजनिक बिदा दिइएको छ । नेपालको संविधानले आदिवासी जनजाति तथा सीमान्तकृत वर्गको राजनीतिक तथा प्रतिनिधित्वसहितका अधिकार सुनिश्चित गरेकोमा समेत नेपालमा यो दिवसलाई एक प्रकारको विशेष पर्वको रुपमा लिने गरिन्छ ।

आदिवासी जनजातिहरुको अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन यो दिवस मनाउने गरिन्छ । यसै सवालमा विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै आएको छ ।