ओम्याक्स सिनेमा हलमा आगलागी

Avatar photo
Dhadingpost
साउन २३, २०७५

हेटौंडा, साउन २३ । हेटौडा– ४ स्थित ओम्याक्स सिनेमा हलमा साढे नौ बजे आगालागी भएको छ ।

बुधबार बिहान करिब साढे नौ बजेबाट भएको आगलागी नियन्त्रणको प्रयास जारी रहेको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले बताए ।

हलमा बिहानीको फिल्म सो नरहेकाले मानवीय क्षति भने नभएको प्रहरीले बताएका छन् ।

आगलागीको कारण भने खुलेको छैन। हलको पर्दाबाट आगलागी सुरु भएको हलका कर्मचारीले बताएका छन् । आगो नियन्त्रणमा लिन जनपथ, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेकाले क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।