धादिङ साउन २२ । बर्षाको समय रुबी भ्यालीको बाटोको गरिसाधे छैन तर पनि एक विशेष अभियान लिएर फ्रान्सेली बिद्यार्थी रुबिभ्यालि गाउँपालिका पुगेका छन् ।
बिगत ७ बर्ष देखि सुरुभएकाे अभियानलाई निरन्तरता दैदै याे पटक पनि फ्रान्सेली बिद्यार्थीहरु रुबिभ्यालि पुगेका हुन् ।
उनिहरु रुबीभ्यालीका बिशेषगरी बोराङ, आवोइ, सेर्तुङ, खार्सा र चालिस (पांच गाउँ) निम्न अभियान संचालन गर्न गाउँ पुगेका हुन् ।
१) शिक्षा (कापी, कलम बाड्ने र बिहान बेलुका बालबच्चाहरुलाई पढाउने) ।
२) स्वास्थ्य (सामान्य ओखती बाढ्ने र हेल्थपोस्टमा स्वामसेवकको रुपमा सघाउने) ।
३) बातावरण (हरेक टोल, टोलमा सरसफाई गर्ने, बातावरण सम्बन्धि जानकारीमुलक जनचेतना कार्यक्रम गर्ने र फोहोर फाल्ने डोकाहरु सूचना बोर्ड सहित ठाउँ, ठाउमा राख्नेे ।
४) पर्यटन (पर्यटन प्रबर्धनका उपायहरु सिकाउने)
उनिहरुलाई दाेभासे सहयाेग र स्थानिय उत्पेरणाका लागि दल बहादुर गुरुङ , टेक बहादुर गुरुङ, रिध्धे घले, निर्मल गुरुङ, बिकास गुरुङ समेत अभियानमा सहचागि भएका समाज सेवि तथा पर्यटन व्यवसायि कुलबहादुर गुुुुरुङले बताए ।
फोटो सौजन्य:- टेक बहादुर गुरुङ र रिध्धे घले ।
