काठमाडौं, साउन २२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेको छ ।
सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान लुम्बनी र पोखराको समेत भ्रमण गरी नेपालस्थित भारतीय दूतावास तयारीमा जुटेको छ । यसअघि वैशाख २८ गते दुई दिनका लागि नेपाल भ्रमणमा आएका मोदीले मुस्ताङ्गबाट फर्किने क्रममा पोखरामा घुम्ने योजना बनाएका थिए ।
पोखरामा त्यस अनुसारको तयारी पनि भइसकेको थियो तर समय अभावका कारण उनी मुस्ताङ्गबाट सिधै काठमाण्डु फर्केका थिए । जनकपुर र मुस्ताङ्को भ्रमण गरिसकेका मोदी यसपटक पोखरा हुँदै लुम्बनी जाने तयारी भइरहेको छ ।
यसैगरि, गौशालामा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन पनि मोदीले गर्ने तयारी भइरहेको छ । यद्यपि अहिले नै मिति र समय तय नभएको परराष्ट्र निकट स्रोतले जनायो ।
मोदीले उद्घाटन गर्ने धर्मशालाको अवलोकन भारतीय जनता पार्टीका महासचिव राम माधवले गरिसकेका छन् । साउन १४ गते थिङ्क ट्याङ्कको सम्मोलनमा भाग लिन नेपाल आएका राम माधवले नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीको साथमा सो धर्मशालाको अनुगमन गरेका थिए ।
नेपालमा हालसम्म आउने भारतीय प्रधानमन्त्रीमा नरेन्द्र मोदि नै पर्छन् । मोदि प्रधानमन्त्री हुनुभन्दा पहिले भारतबाट नेपालमा लामो समय उच्चस्तरीय भ्रमण हुन सकेको थिएन ।
